जापान गाइड र सूचना जापान गाइड र सूचना

अपडेट | नोभेम्बर ० November, २०२०

अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पार्ट-टाइम कामका लागि नियमहरू छन् ! पार्ट-टाइम काम सुरु गर्नु अघि जाँच गरौं

तपाइँ जापान आउँदा यदि तपाइँको निवास स्थिति(ざいりゅうしかく) "विदेशमा अध्ययन" (りゅうがく) छ भने, तपाइँलाई जापान मा काम गर्नको लागि अनुमति चाहिन्छ। अध्यागमन विभाग (にゅうこくかんりきょく)बाट अनुमति प्राप्त भएपछि पनि बिभिन्न नियमहरू जान्नु आवश्यक हुन्छ। हप्ताको 28 घण्टा (लामो बिदा स्कूल छुट्टीमा एक दिनमा 8 घण्टा ) सम्म काम गर्न सक्नुहुन्छ र भन्सार व्यवसाय भन्दा बाहिर काम गर्नुपर्दछ। नियमको पालना नगरेको खण्डमा के हुन्छ अथवा पार्ट-टाइम काम खोज्ने बेलाको पोइन्टको बारेमा वर्णन गर्नेछौ।

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन

●पार्ट-टाइम काम गर्नु अघि अध्यागमन (にゅうかん) गई अनुमति लिन आवश्यक 

यदि तपाइँ जापानमा शिक्षा हासिल गर्न को लागि जापानमा बस्दै हुनुहुन्छ भने, विदेशीको निवास स्थिति (ざいりゅうしかく)"विदेशमा अध्यन "(りゅうがく) हो। अध्ययन गर्नको लागि जापानमा बसेको हुनाले , यदि पार्ट-टाइम काम गर्न चाहेमा , "योग्यता बाहिरका गतिविधिहरू" (しかくがいかつどう ) को लागि अनुमति लिन पहिले नै अध्यागमन ब्यूरो (にゅうかんかんりきょく) मा जानुपर्दछ ।


अध्यागमन ब्यूरो (にゅうかんかんりきょく) मा लिएर जानु पर्ने ३ चिज हरु , निवास कार्ड (ざいりゅうカード), पासपोर्ट र आवेदन फारम हो । प्रक्रिया पूरा गर्नको लागि अध्यागमन ब्यूरो (にゅうかんかんりきょく) जानै पर्ने हुन्छ । तर अध्ययन गर्न जापान आउने बेलाको पहिलो पटक भने निवास कार्ड (ざいりゅうカード) पाउने एयरपोर्टमा पनि आवेदन दिन सकिन्छ र आवेदन दिएको २ हप्ता देखि २ महिना सम्म लाग्न सक्छ। 


[PR]

● अन्तर्राष्ट्रिय विद्यार्थीहरूले एक हप्तामा काम गर्न सकिने 28 घण्टा सम्म 

तपाईंले "योग्यता बाहिरका गतिविधिहरू"(しかくがいかつどう) को अनुमति पाइसकेपछि पनि धेरै कुरामा सावधान हुन आवश्यक पर्दछ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूले एक हप्तामा गर्न सकिने टाईम भनेको 28 घण्टा सम्म हो । स्कूलको लामो छुट्टीहरुमा, जस्तै गर्मी र जाडो छुट्टीहरूमा मात्र एक दिनमा 8 घण्टा सम्म काम गर्न सकिन्छ।


साथै, पार्ट-टाइम काम फिक्स गर्नु अघि, कस्तो प्रकारको काम हो भनेर चेक गर्न आवस्यक हुन्छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले "भन्सार व्यवसाय"जस्ता काम हरु गर्न मिल्दैन। उदाहरण को लागी, खेल केन्द्रहरु, पाचिन्को स्टोर, माज्यन स्टोर, क्याबरे, बार, स्नैक्स, र सेक्स स्टोरहरु मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले समय काम गर्न हुँदैन। 


यदि तपाईंले नियम पालना गर्नुभएन भने, यो "अवैध काम" हुनेछ। तसर्थ भिसा नवीकरण गर्न नसक्नु को साथ साथै , नराम्रो अवस्थामा तपाईंलाई निर्वासित गरिनेछ (तपाईंको इच्छाको वास्ता नगरी आफ्नै देशमा फर्काइनेछ), र निर्वासनमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू कम्तिमा 5 बर्ष जापान प्रवेश गर्न सक्दैनन् ।

● जापानमा पार्ट-टाइम काम गर्दा चेक गर्न चाहने पोइन्ट

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको ले पार्ट-टाईम काम खोज्ने माध्यम भनेको ,प्राय: इन्टरनेट मार्फत खोज्ने , साथीले परिचय गराइदिने र कोन्बिनि हरुमा राखेको फ्री म्यागजिनहरू बाट बढी हुन्छ। इन्टरभ्यू दिनु भन्दा अघि सम्भव छ भने, निम्न 3 बुँदाहरू चेक गर्नुहोस् र सावधान रहनुहोस्।​ ​


①तपाईले काम गर्न चाहानुभएको पसल भन्सार व्यवसाय हो या हैन 

②ट्रान्सपोर्टेसन् एक्स्पेंसेस (पार्ट-टाईम काम गर्ने ठाउँ सम्म जानको लागि ट्रेन वा बसमा लाग्ने भाडा) तिर्नेछ या छैन 

③ तपाईंले पार्ट-टाईम काम गर्ने प्रान्त (ठाउँ ) को न्यूनतम ज्याला भन्दा पर घण्टा को ज्याला बढी छ या छैन 


राम्रो पार्ट-टाईम काम फेला पार्नुभयो भने, कल गरेर अन्तर्वार्ताको मिति फिक्स गर्नुपर्ने हुन्छ। यदि कामको सूचीमा ① देखि ③ सम्म केही लेखिएको छैन भने, कल गर्ने समय मा सोध्नुहोला।


➂ बुझ्न गाह्रो हुन पनि सक्छ।

उदाहरणका लागि, टोकियोमा, कार्यस्थलले काम गर्ने मानिसहरूलाई प्रति घण्टा 1013 येन वा सोभन्दा बढी तलब तिर्नु पर्छ। (अक्टोबर २०२० को अनुसार) यो प्रिफेक्चरको आधारमा फरक हुन्छ र यो कानुनले तय गरेको हो ।

यो न्यूनतम ज्याला समय-समयमा परिवर्तन हुन्छ, त्यसैले चेक गरिसकेपछि मात्र पार्ट-टाइम काम गर्ने ठाउँ फिक्स गर्नुहोस् ।

● केहि कुरामा चिंतित हुनुहुन्छ भने परामर्श लिने गरौ 

"के यो पार्ट-टाइम काम ठीक छ ?"

यदि तपाईलाई अप्ठ्यारो महसुस हुन्छ भने, परिचित जापानिज वा जापानिज भाषा स्कुलको कर्मचारीसँग परामर्श लिने गर्नुहोस्।

यदि तपाईंले आफ्नो जापानिज भाषाको लेभल बढाउनुभयो भने, तपाईंले आफ्ना चिन्ताहरू जापानिज भाषामा छलफल गर्न सक्नु हुनुहुनेछ।


साथै , जापानी भाषाको स्तरअनुसार पार्ट-टाइम काम गर्न सक्ने कामका प्रकारहरू फरक-फरक हुन्छन्। सीधै जापानीज संग कुरा गर्न सकिने रेस्टुरेन्ट हल वा कोन्बिनि स्टोरमा काम गर्न चाहनुहुन्छ भने मिडिएम लेभलको जापनिज भाषामा कुरा गर्न सक्ने लक्ष्य राख्नुहोस्। तपाईलाई सरल रुपमा काममा लिने सम्भावना हुन्छ ।


जापानमा पार्ट-टाइम काम गर्नु भयो भने, स्कूलमा नसिकाइने, जापानीहरूले दैनिक रूपमा प्रयोग गर्ने जापानिज भाषा सिक्न सक्नुहुनेछ। अवश्य पनि, जापानिज भाषा बोल्ने अभ्यास पनि हुन्छ ।

यदि तपाइँ जापानमा पार्ट-टाइम काम गर्न चाहनुहुन्छ भने, अन्तर्राष्ट्रिय विद्यार्थीहरू जापानमा पार्ट-टाइम काम गर्नको लागिको नियमहरु पालना गरि जापानको कानुन राम्रोसंग जानि राखौ ।

■ यो लेख पढ्नेहरूको लागि सिफारिस गरिएको

[जापानमा जीवन] जापानमा आंशिक समय काम गर्दा कुन अन्तर्राष्ट्रिय विद्यार्थीहरू सचेत हुनुपर्छ

​ ​यो लेख लेखेको व्यक्ति

रियो वाकाबायाशी

पढ्न लेख्न मन पराउने स्वतन्त्र लेखक । ओसाकामा जन्मेर हुर्की २०१० मा टोकियो सर्नु भएको । उनले लेख, पुस्तक समीक्षा, र स्तम्भहरू लेख्छन्। हाल लेख्ने क्रममा उनी टोकियोको जापानीज भाषा स्कूलमा विदेशीहरूलाई जापानी भाषा सिकाउँछिन्।

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन
×

[PR]

लोकप्रिय लेखहरू लोकप्रिय लेखहरू

[PR]

उपयोगी सुझावहरू