जापान गाइड र सूचना जापान गाइड र सूचना

अपडेट | 27 डिसेम्बर 2021

आउनुहोस् जापानको "हिउँ" को मजा लिनुहोस्

जापानमा जाडो मौसममा रमाइलो गर्न चाहेने भन्न साथ के कल्पना गर्नुहुन्छ ? अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सोध्दा , प्राय: ले भन्ने "हिउँ" हो । विश्वमा हिउँ नपर्ने देश र क्षेत्र छन् र अन्तर्राष्ट्रिय विद्यार्थी मात्र नभई , जापानमा हिउँ हेर्न विदेशी पर्यटक पनि आउने गर्छन् । शान्त संग पर्ने हिउँ जापानी संस्कृतिसँग नजिकको सम्बन्ध रहेको छ। जापानको संस्कृति सिक्दै हिउँको साथ पूर्ण रूपमा रमाइलो गरौ ।​ ​

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन

प्राचीन कालदेखि, जापानीहरूले हिउँलाई जाडोको परम्पराको रूपमा मन पराउँदै आएका छन्। "जापानको हिउँ" महसुस गराउन तीन प्रसिद्ध चीजहरूको परिचय गराउदछु ।

● "स्नोम्यान" (युकीदारुमा) जुन सबैले सँगै बनाउन सकिन्छ

201212-snow01.jpg

जापानी बच्चाहरु हिउँ पर्दा सधैं केहि बनाउन चाहन्छन्। त्यो हो "युकीदारुमा"।


यो बनाउन सजिलो छ, दुईवटा गोलाकार हिउँ बनाउनुहोस् र त्यसलाई तल ठूलो गोलाकार हिउँ र माथि सानो गोलाकार हिउँ सँग जोड़नुहोस । त्यसपछि, यसको आकार जापानको "दारुमा" जस्तो हुन्छ। यो हिउँबाट बनेको हुनाले यसलाई "युकीदारुमा" भनिन्छ।


माथिको सानो गोलाकार स्नोम्यानको अनुहार हो। आँखा, नाक र मुख बनाउन रूखका हाँगाहरू र ढुङ्गाहरू प्रयोग गरिन्छ। स्नोम्यानलाई फैशनेबल बनाउन चाहेमा, बाल्टिनले छोप्ने वा रिबन लगाउने गरिन्छ ।


कहिले बाट जापानीहरूले स्नोम्यान बनाउन थाले भन्ने कुराको स्पष्ट छैन, तर जापानको एदो अवधि (१६०३वर्ष -१८६८वर्ष) को केही चित्रहरूमा स्नोम्यान को चित्र देख्न सकिन्छ । जापानीहरू स्नोम्यान बनाएर खेल्ने चलन विगतमा र अहिले पनि फरक छैन ।

[PR]

● हिउँ लाई गोलो बनाई फाल्ने "स्नोबल फाइट"

201212-snow02.jpg jp.freepik.com द्वारा बनाईएको Gpointstudio-हिउँको फोटोहरू

जापानी बालबालिकाले हिउँ परेपछि हातले हिउँ गोलो बनाएर एक अर्कामा फाल्ने गर्दछन् । यसलाई "स्नोबल फाइट" भनिन्छ। 


यदि कडा हिउँले हिर्काउनुभयो भने, अर्को व्यक्ति घाइते हुन सक्छ, त्यसैले पानी समाबेस भएको नरम हिउँ प्रयोग गर्नु उचित मानिन्छ। जापानमा, यो लगभग 1000 वर्ष पहिले हेईआन अवधि (794 वर्ष -1185बर्ष ) देखि बच्चाहरु को लागी एक खेलको रूपमा लोकप्रिय छ।


"स्पोर्ट्स स्नोबल फाइट" नामको प्रतियोगिता पनि छ। रमाइलो को लागि गरिने स्नोबल फाईट को विपरीत, यसमा ठोस नियम भई टिम -टिम लड्ने गर्दछन्। हालसालै,संसारभरि नै "खेलकुद स्नोबल फाइट" मा भाग लिने मानिसहरु बढीरहेका छन् ।


● "कामाकुरा" जुन हिउँमा पनि न्यानो हुन सक्छ

202112-snow03.jpg

"युकी दारुमा" र "स्नोबल फाइट" जापानी खेलहरू हुन्, तर "कामाकुरा" एक परम्परागत जापानी कार्यक्रम हो। हिउँबाट सानो घर बनाई , त्यसमा एउटा सानो देवताको स्थापना गर्ने गरिन्छ ।


कामाकुरा , हरेक वर्ष हिउँ पर्ने क्षेत्रहरूमा बनाइन्छ र यसको लगभग 450 वर्षको इतिहास रहेको भनिएको छ । कामाकुरा को भित्र बसि प्रायः गुलियो रक्सि पिउँनुको साथै ओमोची खाने गरिन्छ । 


हिउँको भित्र धेरै हावा हुने भएकाले हिउँको पर्खालले बनेको कामाकुराको भित्री भाग निकै तातो हुन्छ। यदि तपाईं जापान आउनुभयो भने, जसरि पनि एकपटक कामाकुराको भित्र बस्नु होला ।

● हिउँ र जापानको जाडोको संस्कृति 

धेरैले भन्ने गर्दछन् , " जापान आएर पहिलो पटक हिउँ देखेँ।" हिउँमा खेल्न मन लागे पनि चोटपटक लाग्यो भने गाह्रो हुने हुँदा हिउँ पर्ने दिनमा, सुरुमा "भारी हिउँको समाचार" वा "भारी हिउँको चेतावनी" गरेको छ या छैन भनि मौसमको पूर्वानुमान जाँच गर्नुहोस्। 


मौसमको पूर्वानुमान जाँच गरि यदि यो ठीक देखिन्छ भने, बाहिर गई हिउँ खेल्नुहोस्। यदि तपाईलाई त्यतिबेला जापानी संस्कृति थाहा छ भने, तपाईले जापानमा हिउँ परेको दिनको धेरै नै मजा लिन सक्नु हुने कुरा मा विस्वस्त छौ ।


यो लेख पढ्नेहरूको लागि सिफारिस गरिएको छ

जापानी फेसन शृङ्खला 1st |स्मार्टफोन मा पढ्न सकिने ! मांगा, जुन जापानीहरूले प्रायः पढ्छन्

जापानी फेसन शृङ्खलाको अतिरिक्त संस्करण, शुरुआतीहरूले पनि मजा लिन सकिने ! तस्वीर पुस्तकहरु बाट पुरानो जापानी संस्कृतिको बारेमा जान्नुहोस्

जापानी फेसन शृङ्खला 2nd | साइटमा राखिएका हिट भएका जापानी चलचित्रहरू हेरेर आफ्नो सुन्ने क्षमतामा सुधार गरौं

जापानी फेसन शृङ्खला 3rd | YouTube मा सुन्न सकिने जापानीज फेसन गीतहरूद्वारा जापानीज भाषा क्षमतालाई सुधार गरौं

जापानी फेसन शृङ्खला 4th | लोकप्रिय शब्दहरू सिकेर सजिलै बुझ्न सकिने तरिकामा जापानी भाषा सिकौ

​ ​यो लेख लेखेको व्यक्ति

रियो वाकाबायाशी

पढ्न लेख्न मन पराउने स्वतन्त्र लेखक । ओसाकामा जन्मेर हुर्की २०१० मा टोकियो सर्नु भएको । उनले लेख, पुस्तक समीक्षा, र स्तम्भहरू लेख्छन्। हाल लेख्ने क्रममा उनी टोकियोको जापानीज भाषा स्कूलमा विदेशीहरूलाई जापानी भाषा सिकाउँछिन्।

×

[PR]

लोकप्रिय लेखहरू लोकप्रिय लेखहरू

[PR]

उपयोगी सुझावहरू