जापान गाइड र सूचना जापान गाइड र सूचना

अद्यावधिक | 15 अप्रिल 2021

जापानी जीवन शैली दोस्रो श्रृंखला | होशियार ! जापानको फोहोर फाल्ने बारेमा 

फोहोरमैला फोहोर हटाउने नियम देश अनुसार फरक हुन्छ। उदाहरणका लागि, त्यस्तो देशहरू पनि छन् जहाँ तपाईं जलाउन योग्य फोहोर र जलाउन नसकिने फोहोर सँगै बाहिर फाल्न सक्नुहुन्छ, तर जापानमा यसलाई नियम बिपरित मानिन्छ। फोहोरको प्रकार अनुसार छुट्टयाउनु पर्दछ। यदि तपाईंले फोहोर लाई विभाजित नगरि फाल्नु भयो भने, फोहोर संकलन गर्ने ट्रकले लैजान लाई अस्वीकार गर्न सक्दछ ।

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन

● जापानमा फोहोर कसरी कसरी फाल्ने गर्ने भन्ने बारे नियमहरू छन् !

सबैभन्दा पहिले महत्वपूर्ण भनेको जापानमा , जलाउन योग्य फोहोर र जलाउन नसकिने फोहोर अलग गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले पेत्तो बोतलहरू, बोतलहरू, गिलास र कार्डबोर्ड अथवा प्याकहरु छुट्ट्याएर फाल्नु पर्छ।


साथै, हप्ताको दिन अलग गरिएको फोहोरलाई विसर्जन गर्न तपाई बस्ने क्षेत्रमा निर्भर गर्दछ। यो प्राय: प्रवेशद्वार नजिकको पर्चामा लेखिएको हुन्छ, तर यदि लेखिएको छैन भने म्यासनको प्रबन्धक वा व्यवस्थापन कम्पनीलाई सोध्न सक्नुहुन्छ ।


तपाईंको स्कूल अवस्थित क्षेत्रमा फोहोर नियमहरू बारे सचेत रहनुहोस्। धेरै स्कूलहरूले तपाईंलाई भर्ना सूचना सत्रमा सिकाउँदछन् , तर यदि तपाईंले बुझ्नुभएन भने, आफ्नो शिक्षकलाई सोध्नुहोस्।


नियमहरू पालना नगरी फोहोर फालियो भने फोहोर संकलन गरिदैन । अनि तपाई बस्ने अपार्टमेन्टले तपाईंलाई चेतावनी दिन्छ र यदि धेरै पटकसम्म जारी गर्नुभयो भने, त्यस अपार्टमेन्टमा बस्न पाउनु हुदैन । यदि तपाईं जापानमा बस्नुहुने निर्णय गर्नुहुन्छ भने पहिले फोहोर फालिने नियम बारे जाँच गर्नुहोस् ।   


[PR]

पेय पदार्थ भएका क्यान या पेत्तो बोतल फ्याँक्नु NG हो 

जापानमा पेय पदार्थ भएका क्यान या पेत्तो बोतल फ्याँक्नु भनेको नियमको उल्लंघन गर्नु हो । सबै पिएर मात्र फ्याक्नु होला। क्यान या पेत्तो बोतल बाट पोखिन गई फोहोर फाल्ने झोला बिग्रीन गई धेरै व्यक्तिको लागि समस्या पर्न जान्छ।


खाजा खाएको प्याकेज फ्याँक्दा, त्यस भित्र सुप या बाकी खाना छ या छैन चेक गर्ने गरौ । ट्वाइलेट मा सुप फ्लश गर्न र यसलाई फ्याक्नु राम्रो उपाय होइन, त्यसैले जति पिउन सक्नुहुन्छ त्यति नै बनाउन वा किन्नु राम्रो हुन्छ। 


● फोहोर फाल्ने समय र स्थानमा ध्यान दिनुहोस्

जापानमा फोहोर फाल्ने समय र ठाउँ निश्चित गरेको छ। समय को रूप मा भन्नु पर्दा , कति बजे बाट कति बजे सम्म फोहोर फाल्ने भन्ने कुरा तपाइँ बस्ने क्षेत्र मा निर्भर गर्दछ। वार्ड अफिस वा शहर कार्यालय लाई सोध्नुभयो भने , प्राय: "बिहान फाल्नु " भनेर भन्ने गरिन्छ।


फोहोर फाल्ने समय किन निश्चित गरिएको हुन्छ भनेर केहीले सोच्न सक्दछन्, बाहिर फालिए को फोहोरलाई कागहहरु ले जहाँतहि तितरबितर गर्ने हुनाले र कागहहरु चलाख हुने भएकोले फोहोर फाल्ने दिन मा धेरै जम्म भई खतरनाक पनि हुन्छ।


थप रूपमा, पहाड को नजिकतिर जंगली बंगुर जस्ता जनावरहरूले फोहोरको लागि टार्गेट गर्न सक्दछन्। आफु बस्ने अपार्टमेन्ट वरपरका क्षेत्रहरू फोहोर मात्र नभई , कोही घाइते हुन पनि सक्ने हुन्छ। त्यसैले फोहोर फ्याँक्ने समय प्रायः एक नियमको रूपमा सेट गरिएको छ ।


यदि तपाईंले बिहान फोहोर बाहिर राख्न बिर्सनुभयो भने, फोहोर फाल्ने अर्को दिनमा फाल्नुहोस्।


फर्नीचर जस्ता ठूलो रद्दी समान को लागि पैसा तिर्नुहोस्।

तपाईको अपार्टमेन्टको फोहोर फाल्ने ठाउमा केहि नभनि ठुला रद्दी समानहरू जस्तै फ्रिज, डेस्क, र कुर्सीहरू नफल्नुहोस्। या रुम सर्ने समय मा केहि नभनि ठूला रद्दी समानहरू राख्ने पनि नगर्नुहोस् । तपाई बस्ने वार्ड या इलाका मा पहिलेनै सम्पर्क गरि ठूलो आकारको फोहोर फल्दैछु भन्न आबस्यक हुन्छ।


उदाहरण को लागी, टोक्यो Shinjuku-ku को मामला मा, 【"ठुला रद्दी समान रिसेप्शन सेन्टर"(सोदाई गोमी उकेचुके सेन्टर )】 छ जहाँ तपाईं अनलाइन वा फोन मार्फत आवेदन दिन सक्नुहुन्छ।


ठूला आकारको फोहोरको मूल्य तपाईले फ्याँक्ने कुरामा निर्भर गर्दछ। अनि तपाईं बस्ने क्षेत्रमा पनि निर्भर गर्दछ, त्यसैले स्थानीय सरकारको गृहपृष्ठ जाँच गर्नुहोस्।


● म्यानर अथवा राम्रो शिष्टाचारको साथ बाँचौं

केहीले सोच्न सक्दछन् "जापानमा फोहोर फाल्नका लागि धेरै नियमहरू छन् र यो झंझटिलो छ।" यद्यपि जापानमा बस्नको लागि नियम र ब्यबहारहरू जान्नु महत्त्वपूर्ण छ। यदि तपाईंले गल्ती गर्नुभयो भने, यसले तपाईंको छिमेकीहरू सँग समस्या निम्त्याउन सक्छ।


विशेष गरी जापान र अन्य देशहरू बीच फोहोर फाल्ने प्रायः फरक हुन्छ। साथै, जापानमा पनि क्षेत्रको आधारमा नियमहरू परिवर्तन हुन्छन्। कहाँ बस्ने भनेर निर्णय गर्ने बित्तिकै जाँच गरौं।


यो लेख पढ्नेहरूको लागि सिफारिस गरिएको छ

जापानी जीवन शैली श्रृंखला १ | यातायात नियमहरू विदेशी देशहरू भन्दा फरक छन् ! ??

[जापानमा जीवन] नयाँ जीवनको लागि सर्ने तयारी गर्दै

​ ​यो लेख लेखेको व्यक्ति

रियो वाकाबायाशी

पढ्न लेख्न मन पराउने स्वतन्त्र लेखक । ओसाकामा जन्मेर हुर्की २०१० मा टोकियो सर्नु भएको । उनले लेख, पुस्तक समीक्षा, र स्तम्भहरू लेख्छन्। हाल लेख्ने क्रममा उनी टोकियोको जापानीज भाषा स्कूलमा विदेशीहरूलाई जापानी भाषा सिकाउँछिन्।

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन
×

[PR]

लोकप्रिय लेखहरू लोकप्रिय लेखहरू

[PR]

उपयोगी सुझावहरू