जापान गाइड र सूचना जापान गाइड र सूचना

अद्यावधिक | 26 मार्च 2021

जापानी जीवन शैली श्रृंखला १ | यातायात नियमहरू विदेशी देशहरू भन्दा फरक छन् ! ??

यस महिनाबाट नयाँ श्रृंखला सुरु हुन्छ । विषयवस्तु जापानी जीवन शैलीको बारे हुनेछ। अन्तर्राष्ट्रिय विद्यार्थीहरू, जापनमा पढ्न चाहनेहरू र जापानमा भर्खरै पढ्न आएका विद्यार्थीरूका लागि महिनामा एक पटक लेख प्रकाशित गर्दछौं। यो महिना, पहिलो पटक, हामी जापान मा यातायात को बारे मा तपाईंलाई पहिले नै जान्नु आवश्यक जानकारी प्रस्तुत गर्नेछौं।

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन

● ट्रेनमा फोन गर्नु NG हो

धेरै व्यक्ति रेलमा "खाली समय" हुँदा आफ्नो स्मार्टफोनहरू निकाल्छन् । जापानी मानिसहरु पनि प्राय: ट्रेन मा इमेल र लाइन प्रयोग गर्दछन्।


तर , जापानी ट्रेनहरूमा कुनै आवाज निकाल्न सावधान हुनुहोस्। मेसेजहरु गर्न समस्या हुदैन , तर ट्रेन मा फोन गर्नु भएमा "अनुशासन नभएको मान्छे" भनेर सोच्ने गर्दछन ।


तपाईंको ट्रेनमा साथमा भएको व्यक्तिहरू सित कुरा गर्दा तपाईंको आवाजको चर्कोपन बारे पनि सजग हुनुहोस्। यो जापानको क्षेत्र अनुसार निर्भर गर्दछ, तर टोकियोको ट्रेनमा धेरै मानिसहरू भए पनि ठूलो स्वरले बोल्ने मान्छे तेति भेटिदैन। यो विशेष गरी भीड रेलहरूमा ध्यान दिनु पर्दछ ।


[PR]

● पूर्ण रूपमा IC कार्ड तयार गर्नहोस्

केही देशहरूमा, स्मार्टफोन एपहरूले ट्रेन टिकटहरू प्रतिस्थापन गर्न सक्छन् ताकि तपाईं IC कार्ड वा टिकट बिना रेलमा चढ्न सकिन्छ। यद्यपि जापानका अधिकांश यातायात प्रणालीहरूले स्मार्टफोन एपहरूलाई समर्थन गर्दैनन् ।


IC कार्ड टोकियो र ओसाका जस्ता सहरी यातायातमा प्रयोग गर्न सकिन्छ । जापानमा आउन साथ एउटा IC कार्ड किन्नु भएमा सजिलो हुन्छ।


यद्यपि IC कार्डहरू केहि क्षेत्रहरूमा प्रयोग गर्न सकिदैन। शहरी क्षेत्रमा नबस्ने व्यक्ति या ट्राभल गर्ने व्यक्तिले आफूसँग नगद पैसा बोक्न नबिर्सनुहोला । टिकट किन्न आवश्यक पर्न सक्छ ।


● झर्ने मान्छे लाई कुर्नुहोस अनिमात्र चड्नुहोस्  

"कसैले भनेको छैन तर प्राय जसो ट्रेन चड्ने यात्रुहरुले पालना गर्ने नियम" जापान मा देख्न सकिन्छ । ट्रेनबाट झर्ने यात्रु सबै झरेपछि मात्र चड्ने यात्रुहरु चड्नु जापान मा आधारभूत शिष्टाचार मानिन्छ। साथै, यदि ट्रेनको अगाडि लाइन छ भने, आफ्नो पालो पर्खिएर चड्ने गरौ ।


विशेष गरी भीडको समयमा, आधारभूत शिष्टाचार को पालना गर्नुभएन भने, एकअर्का बीच अप्रिय महसुस हुनुको साथ साथै यसले ठूलो दुर्घटना निम्त्याउँछ। भीडको समयमा अधिकांश व्यक्ति हतार गर्ने हुनाले झगडा पनि हुन सक्छ।


● अझै धेरै जापानमा अद्वितीय जीवन शैली छन्

जापानमा एउटा भनाइ छ, "यदि तपाई शहरमा प्रवेश गर्नुभयो भने त्यहि शहरलाई पछ्याउनुहोस्।" यसको अर्थ , यदि तपाईंलाई "यो आफ्नै देश भन्दा फरक छ !" भन्ने लाग्छ भने पनि तपाईंले त्यो देश वा ठाउँमा नियमहरू र बेहोरा पालना गर्नै पर्छ।


तपाईं जापानमा आउने बित्तिकै छक्क पर्न सक्नु हुन्छ। तर यो पहिले नै थाहा पाउनु भएमा राहत अथवा सुरक्षित हुन्छ।

अर्को महिनाको लेखमा, म जापानमा फोहोर फाल्ने नियमहरूबारे व्याख्या गर्नेछु। जापानको जीबनशैलीमा फोहोर छुट्याउने उचित तरिकाको पालना गर्नु आवश्यक छ। सफल हुनको लागि कृपया यसलाई पढ्नुहोस् ।


​ ​यो लेख लेखेको व्यक्ति

रियो वाकाबायाशी

पढ्न लेख्न मन पराउने स्वतन्त्र लेखक । ओसाकामा जन्मेर हुर्की २०१० मा टोकियो सर्नु भएको । उनले लेख, पुस्तक समीक्षा, र स्तम्भहरू लेख्छन्। हाल लेख्ने क्रममा उनी टोकियोको जापानीज भाषा स्कूलमा विदेशीहरूलाई जापानी भाषा सिकाउँछिन्।

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन
×

[PR]

लोकप्रिय लेखहरू लोकप्रिय लेखहरू

[PR]

उपयोगी सुझावहरू