जापान गाइड र सूचना जापान गाइड र सूचना

अपडेट | नोभेम्बर 11 2019

[जापानको लाईफ] भूकम्प आउनु भन्दा अघिको तयारी र भूकम्प आई सकेपछि गर्नु पर्ने क्रियाकालाप को बारेमा जानौ।​ ​

समाचारहरु बाट सुन्नु भएको छ होला कि जापान बढि भूकम्प जाने देश हो । भूकम्प कहिँ र कुनै पनि समय आउँन सक्छ । जापानमा , सानो उमेरदेखि नै किंडरगार्डेन र प्राथमिक विद्यालयहरूमा भुकम्प आएपछि के गर्ने भन्ने बारेमा सिकाइएको हुन्छ । उदाहरण को लागि ,हिनान कुनरेन अर्थात "निकासी ड्रिल"भूकम्प आएपछि कसरि कहाँ सुरक्षित ठाउँ मा जाने भनेर सिकाईएको हुन्छ । तपाईको देशमा, तपाईलाई भूकम्प प्रतिरोधी उपायहरूको बारेमा स्कूलमा नसिकाइएको , वा सिकाईएको भएता पनि सजिलो उपाय सिकाईएको हुन सक्छ। जापान धेरै भूकम्प आउने देश भएको कारण ले पनि जापानले बिभिन्न भूकम्प प्रतिरोधी उपायहरूको तयारी गरिरहेको हुन्छ । यहाँ, हामी भुकम्प प्रतिरोधी उपायहरू र भुकम्प गएपछि गर्ने कार्यहरूको बारेमा परिचय गराउदछौ ।​ ​

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन

[PR]

भूकम्प आउँनु अघिको उपायहरू

भूकम्पको आकार अनुसार अग्लो स्थानबाट समान खस्न सक्ने वा खसेको समान बाट चोटपटक लाग्न सक्छ। सकेसम्म अग्लो स्थानमा समान कमै राख्नने र ठूला फर्निचरहरू भूकम्पको कम्पन ले नहाल्लोस भन्ने तरिका ले फिक्सिंग गर्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ। घर को कुनै एक सुरक्षित ठाउँ पहिले नै थाहा पाई राखेमा यदि भूकम्म्प आई हाल्यो भने पनि आफू लाई सजिलै सुरक्षा गर्न सक्नुहुन्छ। साथै यदि भूकम्म्प आई हाल्यो भने पनि सजिलै भाग्न सकिने हेतुले प्रवेश द्वारको वरपरमा अनावस्यक सामान नराखि खुल्ला बनाउनु पर्छ। यदि घर हल्लाएको कारण झुकाव छ भने, ढोका विकृत हुन सक्छ र बाहिर निस्कन गार्हो हुन सक्छ । यस्तो अवस्थामा, झ्याल या झ्यालको सिसा तोडेर भाग्न पर्ने हुन्छ। त्यस समयको लागि भनेर स्नीकरहरू तयार गर्नु हुदा राम्रो हुन्छ र अन्य आवश्यक आईटमहरू एक ठाउँमा राख्नुहोला जहाँ तपाईं कुनै पनि समयमा त्यस समानहरु लाई बाहिर लैजान सक्नुहुनेछ। त्यस्तै गरि तपाईंको क्षेत्र (शहर) मा खाली ठाउँहरू या आश्रय लिन सक्ने ठाउँ पहिल्यै जानकारी लिईराख्नु पनि महत्त्वपूर्ण हुन्छ ।


दैनिक जीवनको लागि आवश्यक सामान र खाना तयारी गर्नुहोस्

आपतकालिन अवस्थामा, बाहिर लिएर जाने चिज , जस्तै नगद र बीमा कार्डहरू, साथै तत्काल प्रयोग गरिने कपडाहरू र आपतकालीन खाना भएको खण्डमा ढुक्क हुन्छ । थप रूपमा, भूकम्प जानसाथ लाइफलाइन रोकिन सक्ने सम्भावना हुन्छ। त्यस समयमा कुनै समस्या नपरोस भन्नका लागि फ्ल्यासलाइट, पोर्टेबल रेडियो , क्यासेट स्टोभ , मैनबत्ती तयार गरेर राख्ने गरौ ।


लामो समय सम्म खान मिल्ने खानाहरूको स्टक राख्नुहोस्

भूकम्प पछि यातायात रोकिन सक्छ। नतिजाको रूपमा, सुपरमार्केटमा, सबै सामानहरू बिक्रि हुनु को साथ-साथै सामान आयात गर्न नसकिने अवस्था आउन सक्ने हुनाले सामान खरिद गर्न नपाइने हुन सक्छ । त्यसैले , एक हप्ता को लागि खाना र पेय पदार्थ किनेर राख्दा सुरक्षित हुन्छ । उदाहरण को लागि , तत्काल खान सकिने खानाहरू, क्यान्ड खानाहरू, लामो समय सम्म म्याद भएको खानाहरू, सजिलै खान सकिने खानाहरू (नपाकाईकन खान सकिने खानाहरू) , पेय पदार्थ आदि ।​ ​


भूकम्प आउँदा को उपायहरू

भूकम्प आई सकेको खण्डमा नहडबडाई , सुरुमा तपाईले आफुलाई सुरक्षित गर्न महत्त्वपूर्ण हुन्छ । साधारणतया, ठुलो फर्निचरबाट टाढा रहि, बलियो डेस्क को तल छिरि खस्ने समानहरूबाट आफूलाई जोगाउने प्रयास गर्नुहोला। साथै, कम्पन हुन कम हुन साथ , यदि खाना पकाउनको लागि आगो या ग्यास प्रयोग गर्दै हुनुहुन्छ वा यदि स्टोभ बलिरखेको छ भने, तुरून्त बन्द गर्नुहोला र इलेक्ट्रिक ब्रेकर बन्द गर्नुहोला। त्यस समय बाहिर जानु भयो भने , झर्ने वस्तुहरू जस्तै छतका टाइलहरू र साइनबोर्डहरू तितरबितर हुन सक्छ, त्यसैले हिंड्दा सावधान हुनुहोला। त्यस समयमा, यदि तार काटिएको या झुण्डिएको अवस्था छ भने, बिजुलीको झटका लाग्ने खतरा हुन्छ, त्यसैले नछुनुहोला । साथै, भवनहरू र बारहरू भत्कने सम्भावना हुने भएकोले तिनीहरु बाट टाढा रहनुहोला। यदि तपाईं समुद्रको नजिक हुनुहुन्छ भने, सानो कम्पन आउँदा पनि त्यहाँ बाट भागेर अग्लो ठाउँमा आफुलाई सुरक्षित गर्ने कुरा को ज्ञान लिनुहोला। प्रत्येक नगरपालिकाले विपद्को अवस्थामा भनेर पहिले नै स्थानान्तरण क्षेत्रहरू तोकेको छ। निकासी सल्लाह वा निकासी आदेश प्राप्त गर्न साथ तुरुन्तै त्यहाँबाट सर्नुहोला ।


भूकम्पको समयमा आधारभूत सावधानीहरूको बारेमा संक्षिप्तमा वर्णन गरें । भूकम्पको समयमा तपाईं कहाँ हुनुहुन्छ त्यसको आधारमा आफुलाई सुरक्षित गर्ने उपायहरु फरक हुन्छन। घर भित्र भएको समयमा , स्टोरमा भएको समयमा , जस्तै डिपार्टमेन्ट स्टोर वा सुपरमार्केट, लिफ्टमा भएको समयमा , ट्रेन वा बसमा भएको समयमा , स्कूल वा काममा भएको समयमा , आदि । यो समयको अवस्थाको आधारमा होशियार हुने तरिका फरक-फरक हुन्छ । विभिन्न ढाँचाहरु मान्दै , इन्टरनेट वा पुस्तकहरु द्वारा परिक्षण गरि ज्ञान लिनु महत्वपूर्ण छ ।


यो लेख पढ्नेहरूको लागि सिफारिस गरिएको छ

[जापानी संस्कृति] खाद्य संस्कृति

​ ​यो लेख लेखेको व्यक्ति

studyjapan

アクセス日本留学सम्पादकीय विभाग पहुँच गर्नुहोस्।アクセス日本留学" संचालन गर्छौं, जुन वेबसाइट विदेशी विद्यार्थीहरूले जापानी स्कूल खोज्नको लागि सामग्रीहरू अनुरोध गर्न सक्छन्, र "विदेशी विद्यार्थीहरूको लागि उन्नति ब्रीफिंग सत्र" राख्छन्।

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन
×

[PR]

लोकप्रिय लेखहरू लोकप्रिय लेखहरू

[PR]

उपयोगी सुझावहरू