जापान गाइड र सूचना जापान गाइड र सूचना

अद्यावधिक | जनवरी २०, २०२०

[जापानी संस्कृति] जापानको लागि "हाट्सुमोडे" अनौंठो के हो?

नयाँ वर्ष स्वागत गर्ने समय सायद धेरैको लागि वर्षको सब भन्दा महत्त्वपूर्ण बिदा हुन सक्छ। बिभिन्न देशहरु मा नयाँ वर्ष फेरिने समय र नयाँ वर्षमा गरिने क्रियाकलाप तरिकाहरु फरक हुन सक्छन्। यहाँ हामी जापानको अद्वितीय नयाँ वर्ष मनाउने परम्परा "हात्सुमोडे" को परिचय गरौऊदछौं ।

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन

* आउनुहोस् हात्सुमोडेमा गएर एक नयाँ वर्षको उत्सव मनाऔ !

[PR]

●हात्सुमोडे भनेको के हो?

हात्सुमोडे भनेको वर्षको शुरुमा पूजा स्थल अथवा मन्दिरहरूको भ्रमण गर्नुलाई हात्सुमोडे भनिन्छ । अघिल्लो वर्षको लागि धन्यवाद दिने र आउँदो वर्षलाई एक राम्रो वर्ष बनाउनको लागि भगवान लाई प्राथना गर्ने गर्दछन । हात्सुमोडे ३ दिन (जनवरी १ देखि ३ सम्म )) मा कम्तिमा "माचुनोची" को अवधिमा भ्रमण गर्नु राम्रो मानिन्छ । "माचुनोची" ले नयाँ बर्षको सजावटको अवधिलाई बुझाउँदछ, यो क्षेत्रका आधारमा भिन्नताहरू छन् । तर सामान्यतया, यो अवधि कान्टो क्षेत्रमा जनवरी ७ र कन्साई क्षेत्रमा जनवरी १५ सम्म हुन्छ।

पूजा गर्ने समयको बारेमा कुनै खास नियमहरू छैनन्, तर धेरै व्यक्तिहरू पहिलो दिन (जनवरी १) वा बिहान सबेरै बदल्ने क्षणको लक्ष्य गरि जाने मानिस हरु धेरै हुन्छन् ।


hatsumoude_01_cho-zu-ya.jpg

●हात्सुमोडे पूजा आचरण

★मन्दिरमा हात्सुमोडे गर्ने बेला को आचरण

तोरी (मन्दिर को गेट) मा पहिले प्रणाम गर्नुहोस् र त्यसपछि जानुहोस्। मुख्य मन्दिरको प्रवेशद्वारदेखि "सान्डो" भनिन्छ, र त्यहाँ पुग्ने बीचमा परमेश्वर जानुहुने मार्ग हो। यस कारणले गर्दा, उपासकहरू यस सडकको बीचमा हिड्नुहुन्न (जसलाई "सेचू" भनिन्छ)। बाँया र दायाँ तिर हिड्नु आधारभूत तरीका मानिन्छ।

अर्को, मन्दिरमा जाने बाटोको दृष्टिकोण छेउमा तेमिज़ुया (तेमिज़ुया, तेमिज़ुस्या, आदि भनिन्छ) मा मन शुद्ध गरिन्छ ।

जल ले अशुद्धता लाई शुद्ध गर्छ भनिने भएकोले पूजा गर्नु अघि हात र मुख शुद्ध गर्नु र परमेश्वरको मन्दिरमा प्रवेश गर्नु अघि खराबी फाल्नु हो ।


[तेमिज़ुया मा कसरी सफा गर्ने]

हिस्याकु दाँया हातले समाति पानी "जल" खानुहोस् र बाँया हात पानी ले सफा गर्नुहोस्। ※हिस्याकु भनेको पानी "जल" खाँदा पर्योग गरिने काठ बाट बनाईएको एक डाडु आकार को भाँडा

・ अर्को, साथै दाँया हातले बाँया हात पानी ले सफा गर्नुहोस्।​ ​

・ त्यसपछि, मुख कुल्ला गर्नको लागि दाँया हातमा हिस्याकु लिई , बाँया हातको हत्केला मा पानी जम्मा गरि , आवाज ननिकाली मुख कुल्ला गरेपछि फाल्नु परेमा मुख लाई हातले छोपेर , शान्त संग फाल्नुहोस्। [ हिस्याकु लाई सिधै मुखमा नलैजानुहोला ]।​ ​

・ अन्तमा, देब्रे हातमा थोरै पानी खन्याएर , हिस्याकु लाई ठाडो गराई बाकि रहेको पानी लाई ह्याण्डल (तपाइँको भाग) मा बगाई , बिस्तारै मूल ठाउँमा फर्काउनुहोस्।​ ​

यसपछि तेमिज़ुया प्रयोग गरेर शुद्धीकरण समाप्त हुन्छ।


त्यसपछि पुजा सुरु हुन्छ ।

मौद्रिक भेटी बाकसमा राख्नुहोस्। मौद्रिक भेटी , धन्यवाद का प्रस्तावहरू भएकोले नफ्याँकिकन शान्त पूर्वक राख्नु पर्दछ । घन्टी छ भने घन्टी बजाई , "निरेइ निहाकुशु इचिरेइ " अर्थात् २ पटक ढोगी २ पटक हात जोडि ताली बजाई १ पटक गहिरो ढोग गर्नुहोस् ।

​ ​दोस्रो पटकको गहिरो ढोग।

・दोस्रो पटक को ताली । यस समयमा दाहिने हात अलि तल थिच्नुहोस्।

・ पहिलो पटक को ढोग । औँलालाई पंक्तिबद्ध गरि हात जोडेर भगवान लाई धन्यबाद गरिन्छ ।

・अन्तमा, ढोग गरेर बाहिर निस्कनुहोस्।


पूजा गर्ने आचरण मन्दिरमा निर्भर भई फरक हुन सक्छ, त्यसैले हात्सुमोडेमा जाने बेलामा त्यस मन्दिरको पूजा गर्ने आचरण को बारेमा जाँच गर्नुहोस् ।

पूजा गरि सकेर गेट बाट निस्केपछि फर्केर हेर्नुहोस् र फेरि ढोग गर्नुहोस्।


मन्दिरमा हात्सुमोडे गर्ने बेला को आचरण

मन्दिरको प्रवेशद्वारलाई सानमोन पनि भनिन्छ। यो पहाडमा बनेको पुरातन चिनियाँ मन्दिरबाट आएको हो। त्यहाँ एक स्थानको रूपमा मन्दिर छ जहाँ तपाईं बुद्धको अगाडि बुद्धको सामना गर्न सक्नुहुन्छ। मन्दिरमा प्रवेश गर्नु अघि, शान्त भई हात जोडी, ढोग गरेर अगाडि बढ्नु पर्छ।

मन्दिरमा हिंड्ने तरिका फरक हुन्छ। बुद्ध को मन्दिर बीचमा हिड्न सक्नुहुन्छ। बुद्ध को मन्दिरमा तेमिज़ुया र मन शुद गर्ने तरिका पनि मन्दिर मा गर्ने गर्नुहुने सँग मिल्दोजुल्दो हुन्छ । मुख्य हलमा पुगेपछि प्रस्तावको रकम राखी , घन्टी भएमा घन्टी बजाई , दुवै हात जोडि छातीमा राखी प्रार्थना गर्नुहोस्। पूजा समाप्त भएपछि फेरि एकपटक कृतज्ञताका साथ ढोग्नुहोस् ।

● पूजा गर्दा ध्यान दिनु पर्ने कुराहरु

हात्सुमोडे मा जाँदा, सबैलाई नयाँ बर्षमा भगवान संग इच्छा गरिएको कुराहरु धेरै हुन सक्छन । सुरुमा भगवान अथवा बुद्ध भगवान लाई प्राथना गरेर सुरु गरौं।


मन्दिर अथवा बुद्ध को मन्दिर मा आफुले केहि इच्छा गरिएको कुरा माग्नको लागि, पहिला को बर्ष आरामदायिक बिताएको कुरा लाई कृतज्ञता गर्ने र तपाईंको वर्ष कस्तो थियो भन्नेमा मनमनै रिपोर्ट गर्नुहोस् । र नयाँ वर्षको इच्छा हरु माग्ने समय, आफुले चाहेको सबै कुरा नमागी कुनै एक ठूलो इच्छा माग्ने गरौ । उदाहरण को लागि , "तपाईको रोजाइको स्कूल उत्तीर्ण" वा "सम्पूर्ण परिवारको स्वास्थ्य" इत्यादी ।


त्यसपछि, मन्दिरमा चढाउने पैसा को कुनै सीमा हुदैन । पैसा चढाउनु भनेको आफ्नो कृतज्ञता व्यक्त गर्नु भएको ले धेरै पैसा चढाएर इच्छा गरिएको कुरा पुरा हुने अथवा नाफा बढ्ने भन्ने हुदैन ।


● हात्सुमोडे को रमाईलो कुराहरु

हात्सुमोडे को दिन इच्छा गरिएको कुराहरु बाहेक , ओमिकुज़ी वो हिकु (नयाँ वर्षको दिन मन्दिर मा आफ्नो भाग्य कस्तो छ भनि पैसा तिरेर भाग्य कोरिएको चिट झिक्ने चलन हुन्छ ) , ओमामोरी वो खाउ (सुख शान्ति को लागि झोला अथवा घरको कुनै अग्लो ठाँउमा राखिने एक ताबीज ) किनेर रमाईलो गर्ने गरिन्छ ।


भाग्य कोरिएको चिट झिकि , नयाँ वर्षको भाग्य के हुनेछ, त्यसले तपाईंको दिमागलाई परिवर्तन गर्न सक्छ। तपाइँ यसलाई सन्दर्भ गर्न चाहानु सक्नुहुन्छ।


र, भाग्यमा निर्भर गर्दै, तपाईं आकर्षण छनौट गर्न सक्नुहुन्छ। त्यहाँ विभिन्न प्रकारका ताबीजहरू हुन्छन, जस्तै "पास गर्नका लागि प्रार्थना गर्नुहोस् (कृपया पास गर्नुहोस्)", "ट्राफिक सुरक्षा (ट्राफिक दुर्घटनाहरू रोक्न)", र "बिरामी विनाशित (बिरामी बिना स्वस्थ हुनु)"। तपाईंको अनुरोध अनुसार छनौट गरौं। तपाईंले यो किन्नै पर्छ भन्ने हुदैन। विभिन्न चीजहरू हेर्दै हिडे पनि धेरै नै रमाइलो हुन्छ।


मन्दिरहरू र बुद्ध का मन्दिरहरू खाना बेच्ने स्टॉल हरु पनि हुने भएकोले ,त्यहाँ को स्टॉल को अनुपम खानाको आनन्द लिन सक्नुहुनेछ।


माथि , जापानको नँया बर्ष को भ्रमणको संक्षिप्त परिचय गराएयौ । यदि तपाईंसँग अवसर छ भने , नयाँ बर्षमा हात्सुमोडेमा गई ,आफुले चाहेको कुरा अनुरोध गर्नुहोस् !


यो लेख पढ्नेहरूको लागि सिफारिस गरिएको छ

जापानमा आंशिक समय काम गर्दा कुन अन्तर्राष्ट्रिय विद्यार्थीहरू सचेत हुनुपर्दछ

​ ​यो लेख लेखेको व्यक्ति

studyjapan

アクセス日本留学सम्पादकीय विभाग पहुँच गर्नुहोस्।アクセス日本留学" संचालन गर्छौं, जुन वेबसाइट विदेशी विद्यार्थीहरूले जापानी स्कूल खोज्नको लागि सामग्रीहरू अनुरोध गर्न सक्छन्, र "विदेशी विद्यार्थीहरूको लागि उन्नति ब्रीफिंग सत्र" राख्छन्।

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन
×

[PR]

लोकप्रिय लेखहरू लोकप्रिय लेखहरू

[PR]

उपयोगी सुझावहरू