जापान गाइड र सूचना जापान गाइड र सूचना

 अपडेट | 9 सेप्टेम्बर 2020

जापानी भाषा गाह्रो छ? बुझ्न गाह्रो छ? जापानी व्याकरण को विशेषताहरु थाहा पाई राखौं-

जापानी मातृभाषाको रूपमा जापानीजले महसुस गरेको जापानी भन्दा फरक छ जुन विदेशीहरूले महसुस गर्छन्। यदि तपाईं जापानी भाषा अध्ययन गर्दै गर्दा "बुझ्न गाह्रो" वा "गाह्रो "महसुस गर्नु भएता पनि हार नखाई जापानीज हरूले किन यस्तै व्याकरण प्रयोग गर्छन् भनेर सोच्न पनि रोचक हुन सक्छ । यस लेखमा, विदेशीहरुलाई बुझ्न गाह्रो हुने दुई जापानी भाषा व्याकरणहरु को उदाहरण दीई जापानिज ले भन्न खोजेको कुरा सोच्ने छौ । ​ ​​ ​

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन

[PR]

●" हुन्न भन्ने हुदैन"「―ないことはない」को मतलब, " हुन्छ "「ある」 हो?

"मलाई टिभी कार्यक्रम मनपर्दैन, तर हेर्दिन भन्ने हुदैन।「テレビ番組は好きじゃないけど、見ないことはない」


 यी शब्दहरू सुनेर तपाई ले कस्तो इमेज गर्नु हुन्छ?


"हेर्दिन भन्ने हुदैन" ... अर्थात यो व्यक्ति टिभी कार्यक्रम हेर्छ। तर सुरुमा "मलाई टिभी मनपर्दैन" भनेको छ। " सक्रिय रुपमा हेर्दिन, तर म कहिले काँही हेर्छु, भन्न खोजेको छ।"


साथै, जापानीजहरु प्राय: यस्ता अभिव्यक्तिहरू प्रयोग गर्दछन्।

 A "मसलादार खाना खान जानुहुन्न?"

B "मलाई माफ गर्नुहोस्, खान नसक्ने भन्ने छैन तर पनि।"


के तपाई B को भावना बुझ्नुहुन्छ ?

"खान सक्छु तर खान चाहन्न"भनेको छ । 


धेरै जसो जापानीहरु "म जाँदिन" वा "म खादिन"इत्यादि, स्पष्ट रुपमा इन्कार गर्नु भनेको अर्को व्यक्ति लाई रूखो बोलेको जस्तो लाग्छ ।

त्यसकारण, यो भन्न सकिन्छ कि व्याकरण " हुन्न भन्ने हुदैन"「ないことはない」 पनि एक अभिव्यक्ति हो जसले अर्को व्यक्तिलाई अप्रिय महसुस नगर्न सावधान रहन्छ।

● " कुरेरु " शब्द अन्य अभिव्यक्तिको बीचको भिन्नता ?

 थुप्रै भाषाहरू छन् जससँग समान अर्थ हुन्छ "आगेरु=(दिनु)" र "मोराऊ (प्राप्त गर्नु)।" यद्यपि मैले मेरा विद्यार्थीहरूबाट सुने कि "कुरेरु(मलाई दिनु)" को समान अर्थ अन्य केही भाषाहरूमा नहुने जस्तो लाग्यो।


"A ले B लाई स्याउ दिनुभयो (अगे मासिता)।" 「AさんはBさんにりんごをあげました」 

" B ले A बाट स्याउ प्राप्त गर्नुभयो (मोरइ मासिता )।" 「BさんはAさんにりんごをもらいました」


 "आगेरु=(दिनु)" र "मोराऊ (प्राप्त गर्नु)" जापानी भाषाको शुरुआत वर्गको पहिलो भागमा देखा पर्दछ। किनभने यो त्यस्तो क्रिया हो जुन याद गर्न सजिलो छ।

यद्यपि जापानमा जापानी भाषाको स्कूलहरुमा "कुरेरु (मलाई दिनु)" प्रायः केही समय पछि अध्ययन गर्ने गरिन्छ ।


यी दुई वाक्यहरू मा हेर्नुहोस्।

१. A ले मलाई स्याउ दिनुभयो (कुरेमसिता )। 「Aさんは私にりんごをくれました」 

२. A ले मलाई स्याउ दिनुभयो (अगे मासिता)। 「Aさんは私にりんごをあげました」 


तपाईलाई कुन सहि लाग्छ?

उत्तर १ हो। "「कुरेरु 」=मलाई दिनु" तब प्रयोग गर्न सकिन्छ जब प्राप्तकर्ता स्वयं (मलाई) हो।

 लिने व्यक्ति सामान्यतया म (स्वयं) नै हुँनेहुदा, जापानीज हरू धेरै जसो "「वातासि नी」=मलाई" छाड्छन् र यसलाई यस तरिकाले प्रयोग गर्दछन्।


 ३, A ले मलाई स्याउ दिनुभयो ।


जापानी भाषाको शुरुवाती कक्षाको दोस्रो भागमा, "-「...ते आगेरु 」「...ते मोराऊ 」「...ते कुरेरु 」" पनि आउने गर्छ ।

जब यो अगाडि आकारमा जान्छ, "...ते कुरेरु" शब्द आफू (म)लाई कोहि कसैले केहि गर्दिए बापत कृतज्ञता व्यक्त गर्दा प्रयोग गरिने शब्द हो।

● त्यहाँ जापानी भाषामा अभिव्यक्तिहरू मात्र किन छन्?

भाषाले स्वदेशी वक्ताको भावना व्यक्त गर्दछ। विदेशीहरूका लागि जापानी भाषाको अध्ययन , जापानी व्यक्तिहरूले मूल्यवान् गरेका हेरचाह र कृतज्ञता कसरी दिन्छन् भन्ने बारे सिक्ने अवसर पनि हो।

केवल क्रियापदहरू र व्याकरणलाई कण्ठ पार्नुको सट्टा, अभिव्यक्ति पछाडि जापानी भाषाको विशेषताहरूको बारेमा सोच्नुहोस्। यसले निश्चित रूपमा तपाइँले नयाँ चेतना पाउनुहुनेछ र जापानी भाषा सिक्न रमाईलो बनाउँदछ।


यो लेख पढ्नेहरूको लागि सिफारिस गरिएको छ

जापानी भाषा प्रवीणता परीक्षा 「निहोन नोर्योकु सिकेन (JLPT)」 लिनु अघि जान्नु पर्ने कुराहरु

"निहोन रिउगाकु सिकेन=अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि जापानी विश्वविद्यालय प्रवेशको लागि परीक्षा (EJU)" लिनु अघि तपाईले जान्न आवश्यक कुराहरु

​ ​यो लेख लेखेको व्यक्ति

रियो वाकाबायाशी

पढ्न लेख्न मन पराउने स्वतन्त्र लेखक । ओसाकामा जन्मेर हुर्की २०१० मा टोकियो सर्नु भएको । उनले लेख, पुस्तक समीक्षा, र स्तम्भहरू लेख्छन्। हाल लेख्ने क्रममा उनी टोकियोको जापानीज भाषा स्कूलमा विदेशीहरूलाई जापानी भाषा सिकाउँछिन्।

  • सेयर गर्नुहोस्
    यो
  • फेसबुक
  • एक्स
  • लाइन
×

[PR]

लोकप्रिय लेखहरू लोकप्रिय लेखहरू

[PR]

उपयोगी सुझावहरू